सपना त मेरो धेरै छैन - Chaitanya News
  • 2026-05-25
  • 06:37:06
  • सोमबार,जेठ ११, २०८३
  • सानो आफ्नो दुनिया होस्,
    एउटा उज्यालो उज्यालो आउने,
    कोठा विश्राम गर्नलाई राति
    केहि मन पर्ने पुस्तक अनि शितल जलको कस्यूडा
    चिसो चिसो मधुरो हावा छिर्ने झ्याल

    अनि,
    बाहिर तिर विस्तारै हाँसेर उड्ने पुतलिको बगैँचा
    स्यानो, डुप्का पस्किने मेच
    घाम-पानी छेक्ने फाट्दै गरेको छाना
    त्यही छाना मुनी झुमेको म अनि तिम्रो साथ

    अनि,
    मेरो कविता र संगित-सिन्धुमा
    प्रेम पन्छि जस्तै बसेर
    नयनदेखि रस-नयन मिलाएर
    तिम्रो र मेरो मिठो-मिठो बात
    तिम्रो केशको लहरा मेरो काँधमा
    मुख र चिँउडो छोएर उड्दै जावस्
    सुशर्म बोझले मलाई दबाएर
    झोका जो उडेर
    मलाई हिलाउला, डगमगाएर म
    तिम्रै समिप पछारिए भने
    तिमिले नै सम्हाल्नु पर्ला
    बस् ! मेरो समपना यहि छ ।