श्रमबजारमा महिलाको योगदानबारे अध्ययन गर्ने गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार - Chaitanya News
  • 2026-11-21
  • 18:53:04
  • शनिबार,मंसिर ०६, २०८३
  • श्रमबजारमा महिलाको योगदानबारे अध्ययन गर्ने गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

    श्रमबजारमा महिलाको योगदानबारे अध्ययन गर्ने गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

    यो वर्ष अर्थशास्त्रतर्फ क्लाउडिया गोल्डिनलाई श्रमबजारमा महिलाले पु¥याएको योगदानबारे विशिष्ट अध्ययन गरेकाले नोबेल पुरस्कार पाउने भएकी छन्।

    उनी हार्भर्ड विश्वविद्यालयमा प्राध्यापन गर्छिन्।

    गोल्डिनले महिलाको कमाइ र सयौँ वर्षदेखि श्रमबजारमा महिलाको सहभागिताबारे अनुसन्धान गरेकी छन्। नोबेल पुरस्कार समितिका अनुसार उनको अनुसन्धानले परिवर्तनका कारणहरू तथा लैङ्गिक असमानताको मुख्य स्रोत पत्ता लगाएको छ।

    गोल्डिन आफू गुप्तचर बन्न चाहेको बताउँछिन्।

    यसअघि नोबेल पुरस्कार समितिले चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र शान्तितर्फका विजेताको नाम घोषणा गरिसकेको छ। अर्थशास्त्रतर्फ विजेताको नाम घोषणा भएपछि यो वर्ष सबै विधातर्फ नोबेल पुरस्कार घोषणा गर्ने क्रम टुङ्गिएको छ।

    सन् १९६९ देखि सन् २०२२ सम्म ५४ वर्षमा ९२ जनालाई एकल वा संयुक्त रूपमा नोबेल पुरस्कार दिइएको थियो।

    यो वर्षका विजेताहरूलाई आगामी डिसेम्बर १० मा पुरस्कार वितरण गरिने छ।