इजरायलबाट फर्किन चाहनेलाई उद्धार गर्न सरकारलाई राष्ट्रियसभा अध्यक्षको आग्रह - Chaitanya News
  • 2026-11-21
  • 18:53:01
  • शनिबार,मंसिर ०६, २०८३
  • इजरायलबाट फर्किन चाहनेलाई उद्धार गर्न सरकारलाई राष्ट्रियसभा अध्यक्षको आग्रह

    इजरायलबाट फर्किन चाहनेलाई उद्धार गर्न सरकारलाई राष्ट्रियसभा अध्यक्षको आग्रह

     

    राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

    सोमबार शोक विज्ञप्ति जारी गरी अध्यक्ष तिमिल्सिनाले विद्यार्थीको निधन भएको खबरले आफूलाई स्तब्ध बनाएको उल्लेख गरेका छन् । उनले नेपाल फर्किन चाहने अन्यलाई तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरेका छन् ।

    ’घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनाका साथ इजरायलमा रहेका नेपालीको उद्धार, राहत र नेपाल फर्किन चाहनेलाई शीघ्र स्वदेश फर्काउने सम्पूर्ण व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष विशेष अनुरोध गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

    अध्यक्ष तिमिल्सिनाले शोकको घडीमा दिवङ्गतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।