इजरायलमा कति छन् नेपाली ? कस्तो छ अवस्था ? - Chaitanya News
  • 2026-11-21
  • 18:53:04
  • शनिबार,मंसिर ०६, २०८३
  • इजरायलमा कति छन् नेपाली ? कस्तो छ अवस्था ?

    इजरायलमा कति छन् नेपाली ? कस्तो छ अवस्था ?

    काठमाडौं । इजरायलमा हमासले गरेको पछिल्लो आक्रमणमा २३० जनाको मृत्यु भएको छ भने करिब एक हजार बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    घाइते भएकामध्ये ९ जना नेपाली पनि रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ । ९ जनामध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको सरकारले जनाएको छ । परराष्ट्र मन्त्रालयले शनिबार बेलुका एक विज्ञप्ति जारी गर्दै ९ जना घाइते भएको जनाएको छ ।

    इजरायलमा ‘केयर टेकर’को रुपमा नेपाली काम गर्न जान थालेको दुई दशकभन्दा बढी भएको छ । यसअवधिमा थुप्रै नेपाली केयर टेकरको रुपमा इजरायल पुगेका छन् । रोजगारीको लागि मात्र होइन नेपालीहरु इजरायलमा अध्ययनको लागि पनि जाने गर्छन् । यसकारण इजरायलमा नेपालीहरुको राम्रै उपस्थित रहेको छ ।

    त्यसो हो भने अहिले इजरायलमा कति होलान् त नेपाली ?

    इजरायलस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता अर्जुन घमिरेले, “अहिले इजरायलमा चारदेखि पाँच हजार नेपाली रहेको अुनमान छ ।”

    शनिबार बिहान अचानक प्यालेस्टाइनको चरमपन्थी समूह हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलमा रहेका नेपालीको संख्या खोजी हुन थालेको छ । दूतावास आफैँ अहिले त्यहाँ रहेका नेपालीको खोजी गरिरहेको छ ।

    “यहाँ रहेका नेपालीहरु कहाँ कसरी बसिरहेका छन्, उनीहरुको सुरक्षा अवस्था कस्तो छ हामी खोजिरहेका छौं । यहाँ रहेका नेपालीहरु दूतावासको सम्पर्कमा आउनेक्रम जारी छ,” उनले भने ।

    गत आर्थक वर्ष २०७९÷७८ मा मात्र एक हजार ८४ जना नेपाली श्रम स्वीकृति लिएर इजरायल काम गर्न गएको वैदेशिक रोजगार विभागले जनाएको छ । यसरी जानेमा २९९ जना पुरुष र ७८५ जना महिला रहेका छन् ।

    चालु आर्थिक वर्ष २०८०÷८२ को पहिलो दुई महिना (साउन र भदौ) मा मात्र ८९ जना नेपाली केयर टेकरको रुपमा इजरायल गएका छन् । विभागका अनुसार साउनमा ३८ र भदौमा ८१ नेपाली काम गर्न इजरायल गएका थिए ।

    वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा २७ जना र २०७८÷७९ मा ५९८ जना नेपाली रोजगारीको सिलसिलामा इजरायल पुगेका थिए ।

    नेपाल र इजयरालबीच सन् १९६० जुन १ मा कूटनीतिक सम्बन्ध जोडिएको थियो । त्यसपछि इजरायलले सन् १९६१ को मार्चमा काठमाडौंमा आफ्नो दूतावास खोलेको थियो । नेपालले भने सन् २००७ अगष्ट १३ मा इजरायलमा दूतावास खोलेको थियो ।

    इजरायलमा नेपालहरु काम गर्न जान थालेपछि र इजरायलमा नेपाली कामदारको माग बढेपछि नेपालले दूतावास खोलेको थियो । इजरायलले जीटुजी प्रक्रियामार्फत् नेपाली कामदार लाने गरेको छ ।

    शनिबार अचानक हमासले इजरायलमा आक्रमण गरेपछि त्यहाँ कार्यरत र अध्ययनरत नेपालीको सुरक्षा के हो हुने हो भन्ने चिन्ता अहिले बढेको छ । सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले शनिबार नै विज्ञप्ति जारी गर्दै हमासले गरेको आक्रमणमा घोर भत्र्सना गरेको छ भने नेपाल इजरायल र इजरायली जनताको पक्षमा रहेको सन्देश दिएको छ ।

    विज्ञप्तिमा नै नेपालले हमासको आक्रमणमा परी ९ जना नेपाली घाइते भएको र घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको जनाएको छ । नेपालले इजरायलमा रहेका नेपालीहरुको सुरक्षाको लागि इजरायली अधिकारीहरुसँग कुराकानी भइरहेकोसमेत जनाएको छ ।

    इजरालय र लेवनानको सीमाक्षेत्रमा रहेका ८ सय बढी शान्ति मिसनमा गएका नेपाली सैनिक सुरक्षित रहेका छन् ।