प्रधानमन्त्री ‘प्रचण्ड’ मानसरोवरमा - Chaitanya News
  • 2026-11-21
  • 18:11:03
  • शनिबार,मंसिर ०६, २०८३
  • प्रधानमन्त्री ‘प्रचण्ड’ मानसरोवरमा

    प्रधानमन्त्री ‘प्रचण्ड’ मानसरोवरमा

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धार्मिक स्थल मानसरोवरमा पुगेका छन्।

    चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने कैलाश पर्वत र मानसरोवरको दर्शनका लागि बिहीबार दिउँसो प्रधानमन्त्रीसहितको टोली पुगेको थियो।

    साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड बुधबार तिब्बतको राजधानी ल्हासा पुगेका थिए।

    उनी शनिबार चीनको छेन्दुबाट काठमाडौं फर्कने कार्यतालिका छ।