राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान जनकपुरधाम आइपुगेका छन् । उनले जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन् । जानकी मन्दिरका महन्त तपेशवर दासले उनलाई विशेष स्वागत गरेका थिए ।
पूजापश्चात् राष्ट्रपति पौडेल प्रदेश प्रमुख हरिशंकर मिश्रले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएका छन् ।
उनले जनकपुरधामको जिल्ला प्रहरी कार्यालयअगाडि निर्मित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा आज राष्ट्रपति पौडेललाई नागरिक अभिनन्दन गरिने छ । दिउँसो १ बजेदेखि सांस्कृतिक केन्द्रको सभा हलमा कार्यक्रम आयोजना हुने छ ।