निरौलाद्वारा कलाकार कल्याणकारी कोषमा रकम प्रदान - Chaitanya News
  • 2026-11-21
  • 17:28:53
  • शनिबार,मंसिर ०६, २०८३
  • निरौलाद्वारा कलाकार कल्याणकारी कोषमा रकम प्रदान

    निरौलाद्वारा कलाकार कल्याणकारी कोषमा रकम प्रदान

    काठमाडौं- धनगढी लेडि जेसिज वर्ष २०२३ की कानुनी सल्लाहकार एवम् नेपाल ट्रेड युनियन कांग्रेस कैलाली युवा समिति सदस्यसमेत रहेकी सुशिला विष्ट निरौलाले आफ्नो जन्म दिनमा डेउडा प्रतिष्ठान केन्द्रीय समितिले सञ्चालन गरेको कलाकार कल्याणकारी कोषमा २ हजार १ सय रुपैयाँ हस्तान्तरण गरेकी छन्।

    निरौलाले आफ्नो जन्म दिनमा केक काटनु, पार्टी भोज मनाउनु र फजुल खर्च गर्नु भन्दा त्यो खर्च गर्ने रकमले थोरै भएपनी सामाजिक कार्यमा लगाउने मनसाय रहेकाले डेउडा प्रतिष्ठान केन्द्रीय समिति द्वारा कलाकार कल्याणकारी कोषमा थोरै भए पनि आफूले सहयोग गर्ने मनसाय रहेकाले जन्म दिनको अवसर पारेर संस्थाका डेउडा प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष सुरत रावत (डोटेली कान्छा ), सदस्य बिष्णु भक्त खैर सहितको सहभागीतामा प्रतिष्ठानका कोषाध्यक्ष प्रेम बिबश चन्दलाई हस्तान्तरण गरिएको धनगढी लेडि जेसिजकी उपाध्यक्ष शोभा भट्टले बताइन्।

    डेउडा प्रतिष्ठानले सुरु गरेको कलाकार कल्याणकारी कोषमा केही रकम थप्दा कलाकारको जीवनमा भैपरि आउने ठूलो समस्या टार्न केही सहजता ल्याउने कार्यमा एउटा इट्टा थपेकोमा समाजसेवी मन्जु चन्दले धन्यवाद दिइन्।