कतिपयको राति सुत्नुअघि ओछ्यानमै पल्टिएर मोबाइल चलाउने बानी हुन्छ, जुन गलत हो । मोबाइलको स्क्रिनबाट आउने ब्लु लाइटले मेलाटोनिन नामक हर्मोन उत्पादनमा असर पु¥याउँछ । निद्रा नियमित गर्ने यस हर्मोनको उत्पादनमा असर पर्दा निदाउन गाह्रो हुन्छ ।
सामाजिक सञ्जालमा विभिन्न खराब समाचार तथा टीकाटिप्पणी आइरहेका हुन्छन् । त्यस्ता विषयमा तपाईंको ध्यान केन्द्रित हुँदा निदाउन समस्या पर्छ । बेडरुममा जानुभन्दा कम्तीमा पनि एक घन्टाअघि तपाईंले मोबाइलको प्रयोग बन्द गर्नु राम्रो हुन्छ ।
अन्यथा, तपाईंको निद्रा बिग्रन सक्छ । निद्रा बिग्रँदा विभिन्न मानसिक तथा शारीरिक स्वास्थ्य समस्या देखिन्छन् । मुडमा असर गर्छ । स्मरणशक्ति कमजोर हुन्छ ।
लामो समय मोबाइल चलाइरहँदा आँखा थकित हुन्छ । निद्राको गुणस्तर राम्रो नहुँदा डार्क सर्कल देखा पर्न सक्छ । राम्रो निद्रा नपर्दा भोलिपल्ट पनि मानिस थकित हुन्छ । स्वस्थ रहन वयस्क मानिसले कम्तीमा ७–९ घन्टा निदाउन आवश्यक छ ।