बिरुवाको शौखिन हुनुहुन्छ ? कोठामा कस्ता विरुवा रोप्ने ? - Chaitanya News
  • 2026-05-25
  • 01:58:42
  • आइतबार,जेठ १०, २०८३
  • बिरुवाको शौखिन हुनुहुन्छ ? कोठामा कस्ता विरुवा रोप्ने ?

    बिरुवाको शौखिन हुनुहुन्छ ? कोठामा कस्ता विरुवा रोप्ने ?

     

    पोनीटेल पामः पोनीटेल पाम निकै सुन्दर बिरुवा हो । यसको लामो र पातलो पातले ताजा अक्सिजन सप्ताई गर्छ । हावा शुद्ध बनाउँछ ।

    ड्रेकेनाः यसले कोठामा पर्याप्त हावा फैलाउँछ । र, हावालाई शुद्ध पनि राख्छ । यसलाई भरपुर रुपमा अप्रत्यक्ष प्रकाश चाहिन्छ ।

    रबर प्लान्टः रबर प्लान्ट बहुगुणी विरुवा हो । यो निकै सुन्दर देखिन्छ । यसले हावामा रहेको कार्बनडाइअक्साइडको मात्रा सोस्छ । कम प्रकाशमा पनि यो राम्ररी हुर्कन्छ ।

    जर्बेरा डेजीः यो निकै सुन्दर बिरुवा हो । यसको फूल सेतो र हल्का पहेँलो रङको हुन्छ ।

    स्नेक प्लान्ट्सः स्नेक प्लान्ट्सले रातको समयमा कार्बनडाइअक्साइड सोस्छ । यसले एलर्जी कम गर्न पनि सघाउँछ । यसलाई घरको कुनै पनि कोठामा लगाउँदा हुन्छ, बैठक कोठामा सजाउँदा राम्रो देखिन्छ ।

    पिस लिलीः पिस लिली ‘एयरप्युरिफाई’ प्लान्ट हो । यसले शान्ति र सौन्दर्य दुवै प्रदान गर्छ । आकर्षक देखिने भएकाले यो प्लान्टलाई घरभित्रै सजाउन सकिन्छ । यसको फूल सेतो रङको हुन्छ, जो निकै आकर्षक देखिन्छ । यसलाई गमलामा रोपेर तपाईंको बैठक कोठामा सजाउन सकिन्छ ।

    विपिङ फिगः यसका पातहरू निकै चम्किला हुन्छन् । यसले पनि वातावरणको हावालाई शुद्ध गर्छ । यसलाई कोठामा कम प्रकाश हुने ठाउँमा राख्नुपर्छ ।

    फिलोडेन्ड्रोनः यसका पातहरू चम्किलो गहिरो हरियो हुन्छन् । यसलाई घरको जुनसुकै कुनामा राख्न सकिन्छ ।

    पोथोसः पोथेस घरका जुनसुकै कोठामा पनि राख्नस सकिन्छ । धेरै राम्रो बैठक कोठामै राख्दा हुन्छ । पोथोसको गमलालाई ह्यांगिङ बास्केटमा राख्न पनि सकिन्छ ।