लिभरपुलको पुनरागमन जित - Chaitanya News
  • 2026-06-07
  • 03:37:04
  • शनिबार,जेठ २३, २०८३
  •  

    काठमाडौं । यूईएफए युरोपा लिगको पहिलो खेलमा इंग्लिस क्लब लिभरपुलले घरेलु टोली लेस्कविरुद्ध ३–१ को पुनरागमन जित निकालेको छ ।

    बिहीबार राइफाइसेन एरिना रंगशालामा लिभरपुललाई जित दिलाउन डार्विन नुनेज, लुइस डियाज र मोहम्मद सलाहले गोल गरे । लेस्कका फ्लोरिन फ्लिकरले एक गोल गरेका थिए ।

    १४औँ मिनेटमा फ्लिकरको गोलमार्फत लेक्सले अग्रता लिएको थियो । ५६औँ मिनेटमा नुनेजले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याएका थिए ।

    ६३औँ मिनेटमा डियाजले गोल गर्दै पाहुना टिमले अग्रतालाई २–१ मा पु¥याए । निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा सलाहले गर्दै लिभरपुललाई ३–१ को जित दिलाए ।

    जितसँगै समूह ‘ई’मा तीन अंक जोडेको लिभरपुल तालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमै हार व्यहोरेको लेक्स पुछारमा छ ।

    यही समूहको अर्को खेलमा टोलोज र युनिस सेन्ट जिलोइसले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।