‘हाम्रो कला हाम्रो संस्कृति’ कार्याक्रममा एक दर्जन गायक कलाकारको प्रस्तूति रहने - Chaitanya News
  • 2026-07-16
  • 07:45:36
  • बिहिबार,आषाढ ३२, २०८३
  • ‘हाम्रो कला हाम्रो संस्कृति’ कार्याक्रममा एक दर्जन गायक कलाकारको प्रस्तूति रहने

    ‘हाम्रो कला हाम्रो संस्कृति’ कार्याक्रममा एक दर्जन गायक कलाकारको प्रस्तूति रहने

    काठमाडौं- हिल्स होम थिएटरले यही असोज ५ गते काठमाडौंस्थित साँस्कृतिक सँस्थान (राष्ट्रिय नाचघर) जमलमा साँस्कृतिक कार्याक्रम गर्ने भएको छ।

    ‘हाम्रो कला हाम्रो संस्कृति–२०८०’ नाम रहेको कार्यक्रममा करिब एक दर्जन चर्चित गायक कलाकारको प्रस्तूति रहने छ। गायक कलाकार प्रकाश सपूत, सत्यराज आचार्य, स्वरुपराज आचार्य, माण्डपी त्रिपाठी, मदनकृष्ण श्रेष्ठ, लोकगायिका राधिका हमाल, हाँस्यकलाकार जितु नेपाल ‘मुन्द्रे’, मनोज गजुरेल, प्रभाकर देव शर्मालगायत कलाकारको प्रस्तूति रहनेछ। गायन, सांस्कृतिक नृत्य, प्रहसन, कमेडी कार्याक्रममा भाषा, कला, संस्कृति क्षेत्रमा योगदान दिएका एक दर्जन पुराना कलाकारलाई सम्मान पनि गर्ने भएको छ।

    सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)का वरिष्ठ कार्यक्रम प्रमुख तथा वरिष्ठ नाटक प्रबन्धक प्रभाकर देव शर्माका अनुसार पाँच गते साँझ पाँचदेखि हुने कार्याक्रमलाई दिनेश डिसीले सञ्चालन गर्ने छन्।