९ सय ६२ जना विद्या भूषणबाट विभूषित - Chaitanya News
  • 2026-11-21
  • 17:07:06
  • शनिबार,मंसिर ०६, २०८३
  • ९ सय ६२ जना विद्या भूषणबाट विभूषित

    ९ सय ६२ जना विद्या भूषणबाट विभूषित

    सरकारले ९ सय ६२ जनालाई विद्या भूषणबाट विभूषित गरेको छ । राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा क्षेत्रमा योगदान पु¥याएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभूषित हुनेहरूको नामावली प्रकाशन गरी विभूषित गरेको जानकारी दिएको हो ।

    विभूषित हुनेहरूमा नेपाल विद्या भूषण ’क’ तर्फ ७ सय ९०, नेपाल विद्या भूषण ’ख’ तर्फ ७१, नेपाल विद्या भूषण ’ग’ तर्फ ४४, नेपाल छात्रा विद्या पदक ’क’तर्फ २८ जना छन् ।

    यस्तै नेपाल छात्रा विद्या पदक ’ख’तर्फ १८ र नेपाल प्रविधि विद्या भूषणतर्फ ११ जना गरी कुल ९ सय ६२ जना विभूषित भएका हुन् ।