शेखर समूहको बैठकमा विश्वप्रकाश र प्रदीपलाई पनि बोलाइयो - Chaitanya News
  • 2026-11-21
  • 17:07:05
  • शनिबार,मंसिर ०६, २०८३
  • शेखर समूहको बैठकमा विश्वप्रकाश र प्रदीपलाई पनि बोलाइयो

    शेखर समूहको बैठकमा विश्वप्रकाश र प्रदीपलाई पनि बोलाइयो

     

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज (मंगलबार) बस्दै छ । बैठक शेखरको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्ने तय भएको छ ।

    बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई पनि बोलाइएको छ । उनीहरूलाई समूहको बैठकमा पहिलोपटक बोलाइएको एक नेताले जानकारी दिए ।

    “सिटौला छाडेपछि प्रदीप हामीतिरै छन् । विश्वजीलाई पनि बोलाएका छौँ,” ती नेताले भने, “उहाँहरू हामीसँग हुनुहुन्छ भन्ने पटकपटकको सहकार्यले देखाइसकेको छ । बोलाएका छौँ, आउँछौँ भन्नुभएको छ ।”

    पार्टीको १४औँ महाधिवेशनमा शर्मा प्रकाशमान सिंहको टिमबाट महामन्त्री लडेका थिए । पौडेल देउवा टिमबाट महामन्त्री लडेर पराजित भएका थिए ।

    बैठकमा असोज ४ गतेबाट बस्ने केन्द्रीय समिति बैठक, समूहको गतिविधि, रूपान्तरण अभियानलगायत विषयमा छलफल हुने नेताहरू बताउँछन् ।