पुरानो नहुने ’तीजको रहर आयो बरी लै’ गीत (भिडियोसहित) - Chaitanya News
  • 2026-07-16
  • 07:44:38
  • बिहिबार,आषाढ ३२, २०८३
  • पुरानो नहुने ’तीजको रहर आयो बरी लै’ गीत (भिडियोसहित)

    पुरानो नहुने ’तीजको रहर आयो बरी लै’ गीत (भिडियोसहित)

    झन्डै तीन दशक अघि निर्मित ‘कन्यादान’ चलचित्रमा समावेश ’तीजको रहर आयो बरी लै’ गीत अहिले पनि उत्तिकै लोकप्रिय र चर्चामा छ।

    तीजको पर्याय जस्तै बनेको यस गीतमा अभिनय गरेकी एकजना कलाकार बसुन्धरा भुषालले तीज भन्ने बित्तिकै मानिसहरू यही गीतलाई सम्झने गरेको बताउँछिन्।

    तीजमा अनिवार्यजस्तै बन्न पुगेको यो गीत सदाबहार हुनुमा यसको शब्द, सङ्गीत र मौलिकपना मुख्य रहेको यस गीतका नृत्य निर्देशक बसन्त श्रेष्ठ बताउँछन्।

    पोखराको एक गाउँमा छायाङ्कन गरिएको उक्त गीतबारे कमल परियारले बनाएका हुन् ।

     

    हेर्नुहोस् भिडियो