द भ्वाइस अफ नेपालमा को कोच परिर्वतन भए - Chaitanya News
  • 2026-05-25
  • 00:58:35
  • आइतबार,जेठ १०, २०८३
  • द भ्वाइस अफ नेपालमा को कोच परिर्वतन भए

    द भ्वाइस अफ नेपालमा को कोच परिर्वतन भए

    गायन रियालिटी शो ’द भ्वाइस अफ नेपाल’ सिजन ५ को कोच परिवर्तन गरिएको छ। बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै कोच परिवर्तन गरिएको जानकारी दिइएको हो।

    अघिल्लो ३ वटा सिजनमा कोच रहेका राजु लामा र चौथो सिजनमा कोच रहेकी प्रविशा अधिकारीको ठाउँमा उदय सोताङ र मिलन नेवार देखिने भएका छन्।

    अघिल्लो सिजनमा कोच रहेका प्रमोद खरेल र राजेश पायल राई यो वर्ष पनि यथावत् नै रहने छन्।

    सांगीतिक टेलिभिजन रियालिटी शो भ्वाइस अफ नेपाल सिजन ५ को प्रसारण असोज ५ गतेदेखि सुरु हुँदै छ। पछिल्लो समय यो रियालिटी शो भ्वाइस अफ नेपाल दर्शकको राम्रो माया पाइरहेको छ।