मनोहरा र बागमती बाढीको जोखिम, महाशाखाको अनुरोध सतर्क रहनुहोला - Chaitanya News
  • 2026-11-21
  • 16:17:04
  • शनिबार,मंसिर ०६, २०८३
  • मनोहरा र बागमती बाढीको जोखिम, महाशाखाको अनुरोध सतर्क रहनुहोला

    मनोहरा र बागमती बाढीको जोखिम, महाशाखाको अनुरोध सतर्क रहनुहोला

     

    काठमाडौं । आज मनोहरा खोलाले बालकुमारीमा जलसतह सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान साढे ४ बजेको समयमा मनाहराको जलसतह सतर्कता तह पार भएको हो ।

    मनोहरामा जलसतह बढ्दो रहेको, वाग्मतीमा पनि जलसतह सतर्कता नजिक रहेको, काठमाडौं उपत्यकाको वाग्मती र यसका सहायक नदीतटीय क्षेत्रमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान १० बजे सम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    गएराित उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, धाप ड्याम वर्षामापन केन्द्र र आसपास मध्यमदेखि भारी वर्षा भएको महाशाखाले जनाएको छ । जसकारण विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह बढ्दो रहेको हो ।