आज देशका अधिकांश स्थानमा दिनभरजसो पानी पर्ने सम्भावना - Chaitanya News
  • 2026-11-21
  • 16:06:58
  • शनिबार,मंसिर ०६, २०८३
  • आज देशका अधिकांश स्थानमा दिनभरजसो पानी पर्ने सम्भावना

    आज देशका अधिकांश स्थानमा दिनभरजसो पानी पर्ने सम्भावना

    काठमाडौं- काठमाडौंसहित देशका धेरै ठाउँमा बिहानैदेखि पानी परिरहेको छ।

    काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, कास्की, सर्लाही, बाँके लगायत जिल्लामा बिहानैदेखि पानी परिरहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए। उनका अनुसार आज दिनभरजसो देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    यस्तै, राति कोशी,बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो वर्षाको अनुमान छ। बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभावले पानी परेको हो। यो प्रणालीको प्रभाव पश्चिमी क्षेत्रको तुलनामा पूर्व र मध्य क्षेत्रमा धेरै पर्ने मौसमविद् अधिकारीले बताए। उनका अनुसार आज मध्य र पूर्वी क्षेत्रमा धेरै पानी पर्ने अनुमान छ ।

    भोलि पनि काठाण्डौसहितका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ। पानी परेका क्षेत्रमा बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ।