चैतन्य पाठशाला तेक्वान्दो डोजाङको ५औँ जूनियर ग्रेडिङ्ग परीक्षा सम्पन्न - Chaitanya News
  • 2026-05-03
  • 18:16:43
  • आइतबार,बैशाख २०, २०८३
  • चैतन्य पाठशाला तेक्वान्दो डोजाङको ५औँ जूनियर ग्रेडिङ्ग परीक्षा सम्पन्न

    चैतन्य पाठशाला तेक्वान्दो डोजाङको ५औँ जूनियर ग्रेडिङ्ग परीक्षा सम्पन्न

    धनगढी- धनगढी उपमहानगरपालिका–५ स्थित शिवनगरमा रहेको चैतन्य पाठशालाले तेक्वान्दो डोजाङको ५औँ जूनियर ग्रेडिङ परीक्षा सम्पन्न गरेको छ। चैतन्य पाठशाला तेक्वान्दो डोजाङले शुक्रबार स्कुल प्राङ्गणमा आयोजना गरिएको ५औँ जूनियर ग्रेडिङ परीक्षा कार्यक्रम सम्पन्न गरेको हो।

    उक्त कार्यक्रममा सुदूरपश्चिम तेक्वान्दो संघका वरिष्ठ प्रशिक्षक शेरबहादुर सिंहको उपस्थिति रहेको थियो। प्रशिक्षक शेरबहादुर सिंह र विद्यालयका सहायक प्रधानाध्यापक कटकबहादुर सिंहले ४३ जना विभिन्न कलर बेल्टमा उत्तीर्ण हुन सफल खेलाडीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।

    विद्यालयका प्रधानाध्यापक अशोकराज खाती उपस्थित कार्यक्रममा डोजाङ प्रमुख भुवन सार्कीले उत्तीर्ण सबैलाई बधाई ज्ञापन गर्दै आगामी सफलताको कामना गरेका थिए।