काठमाडौँ– आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित भएको छ। आज मलेसियामा भएको खेलमा थाइल्याण्डसँग ४६ रनले पराजित हुँदै नेपाल सेमिफाइनलबाटै बाहिरिएको हो।
टस हारी पहिलो ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित ओभरमा केवल दुई विकेट गुमाएर एक सय पाँच रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १९–३ ओभरमा अलआउट हुनुअघि ५९ रन मात्र बनाउन सक्यो
नेपालको लागि कविता कुँवरले २० बलमा २ चौकासहित सर्वाधिक १७ रनको योगदान दिइन्। कविता जोशी र अप्सरी बेगमले समान १० रन बनाए। अन्य कुनै पनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।