लम्पी स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशुको मृत्यु : बेदुराम भुसाल - Chaitanya News
  • 2026-05-03
  • 18:17:42
  • आइतबार,बैशाख २०, २०८३
  • लम्पी स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशुको मृत्यु : बेदुराम भुसाल

    लम्पी स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशुको मृत्यु : बेदुराम भुसाल

    काठमाडौँ– कृषि तथा पशुपक्षीमन्त्री डा. बेदुराम भुसालले लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु सङ्क्रमित भएको जानकारी दिएका छन्। आज (बिहिबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सो जानकारी दिएका हुन्।

    यस्तै उनले हालसम्म उपचार पश्चात् १३ लाख ८३ हजार पाँच सय ९५ पशु निको भएको र अहिले बिरामी अवस्थामा ७३ हजार ६ सय ३६ पशु रहेको बताए।

    रोगको सङ्क्रमणबाट हालसम्म ५२ हजार पाँच सय ४८ पशुको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

    मन्त्री भुसालले कृषि क्षेत्रको विकासका लागि यानिन्त्रकिकरण गर्ने सरकारको नीति भएको बताएका छन्। यो नीति प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ७७ वटै जिल्लामा सञ्चालित भएको उनको भनाइ छ।