काठमाडौँ– नेपालमा डेंगी संक्रमितको सङ्ख्या साढे २४ हजार बढी नाघेको छ। ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)को तथ्याङ्कअनुसार २४ हजार १२ जनामा डेंगु संक्रमण पुष्टि भएको हो।
साढे सात महिनाको अवधिमा संक्रमितमध्ये १४ जनाको मृत्यु भएको छ भने डेंगु संक्रमण ७५ जिल्लामा देखिएको महाशाखाले जनाएको छ। संक्रमण देखिएका जिल्लाहरूमध्ये सबैभन्दा धेरै संक्रमित सुनसरी जिल्लामा पुष्टि भएको छ।
सुनसरीमा १३ हजार ५२६ जनामा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ। दोस्रो मोरङ जिल्लामा बढी संक्रमित देखिएका छन्। मोरङमा २ दुई हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै धादिङमा २ हजार १९७ जनामा संक्रमण पुष्टि भएको छ।
स्तै, क्रमशः १ हजार ३६२ झापा, ४५२ काठमाडौं, ३७३ धनकुटा, ३३४ सङ्खुवासभा, ३३१ धनुसा, २७० कास्की र २४२ जना कैलालीमा संक्रमित रहेको महाशाखाको तथ्यांकमा उल्लेख छ।
सात प्रदेशमध्ये सबैभन्दा धेरै संक्रमित कोशी प्रदेशमा देखिएका छन्। महाशाखाका अनुसार कोशी प्रदेशमा मात्रै १८ हजार ३१९ जना डेंगु संक्रमण पुष्टि भएको छ। त्यसपछि बाग्मती प्रदेशमा ३ हजार ३१६ जना संक्रमित छन् भने गण्डकी प्रदेशमा ७०६ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै सुदूरपञ्चिम प्रदेशमा ६९२, मधेश प्रदेशमा ५२१, लुम्बिनी प्रदेशमा ४०९ र कर्णाली प्रदेशमा ४९ जनामा संक्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ।