डिप्रेशन के हो, कस्ता हुन्छन् लक्षण? - Chaitanya News
  • 2026-05-03
  • 18:17:56
  • आइतबार,बैशाख २०, २०८३
  • डिप्रेशन के हो, कस्ता हुन्छन् लक्षण?

    डिप्रेशन के हो, कस्ता हुन्छन् लक्षण?

    काठमाडौं – दुःख, पीडाको महसूस गर्नु, दैनिक गतिविधिमा रुचि नहुनु अथवा खुसी नमिल्नु, यस्तो त मानिसलाई कहिलेकाहिँ हुन सक्छ। तर, यस्ता लक्षण धेरै समयसम्म रहिरहेमा तपाईंलाई डिप्रेशनले शिकार बनाएको हुन सक्छ। विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० का अनुसार विश्वभर डिप्रेशन अधिकांशमा हुने रोग हो। विश्वका करीब आधा जनसंख्या डिप्रेशनबाट प्रभावित भएको डब्ल्यूएचओको अनुमान छ।

    डिप्रेशन एक मानसिक स्वास्थ्य विकार हो। डिप्रेशनबाट ग्रस्त मानिसमा कुनै पनि कुराप्रति लगाव हुँदैन। उनीहरु प्रायः उदास देखिन्छन्। केही दिनको लागि मात्र नभई यो समस्याले मानिसलाई लामो समयसम्म असर पुर्याउन सक्छ।

    डिप्रेशनको औसत समय ६ देखि ८ महिनाको हुन्छ।

    मानसिक स्थितिमा उतारचढाव आउनु र डिप्रेशन अलग कुरा हुन्। मानसिक स्थितिमा उतारचढाव आउनु त सामान्य र स्वस्थ मानिसले पनि अनुभव गरिरहेका हुन्छन्। दैनिक जीवनमा आइपर्ने बाधा, अड्चन, चुनौती, अप्ठ्याराहरुप्रति हाम्रो अस्थायी भावनात्मक प्रतिक्रियाले डिप्रेशनलाई जन्म दिन्छ। कोही नजिकको व्यक्तिको मृत्युमा दुःखी हुनु डिप्रेशनको लक्षण होइन, तर त्यही कारणले लामो समयसम्म दुःखी रह्यौं भने त्यो डिप्रेशन ह ।

    डिप्रेशनका प्रमुख लक्षण उदास रहनु, शक्तिहीन भएको महसूस हुनु, ध्यान केन्द्रित गर्न नसक्नु, दुःखी हुनु, रिस, डर, आनन्ददायक गतिविधिमा रमाइलो नलाग्नु, निराश हुनु, चिन्तित रहनु, धेरै निदाउनु अथवा पटक्कै निद्रा नलाग्नु, अस्वस्थ आहार गर्न मन लाग्नु, अरुबाट टाढा रहनु, स्पष्ट सोच र निर्णय गर्न नसक्नु, अपराध बोध हुनु, आफूलाई दुःख दिने विचार आउनु, टाउको अथवा मांसपेशीमा पीडा महसूस हुनु, जथाभावी औषधि र लागूपदार्थको सेवन गर्नु आदि।

    डिप्रेशन किन हुन्छ?
    सम्पन्न समाजहरूमा, बाहिरी आवश्यकताहरू सुनिश्चित गरिएका छन्, तर भित्री स्थितिमा केही गरिएको छैन। त्यसैले त्यहाँ निराशा र उदासी छ।

    डिप्रेशन एक किसिमको यातना हो। यदि तपाईं परम–आनन्दमा हुनुको सट्टा यातनामा डुब्नुभएको छ भने, यसको कारण यो हो कि तपाईंको ऊर्जाको ठूलो हिस्सा बाध्यात्मक वा विवश रूपमा भइरहेको छ, न कि सचेतनपूर्वक। यो बाहिरी परिस्थितिहरूप्रति प्रतिक्रिया गर्ने शैलीमा भइरहेको छ। जब तपाईं बाध्यात्मक वा प्रतिक्रियात्मक रूपमा सञ्चालित रहनुहुन्छ, डिप्रेशन हुनु निकै सामान्य कुरा बन्दछ— किनभने बाहिरी परिस्थितिहरू कहिल्यै पनि शत–प्रतिशत तपाईंको नियन्त्रणमा हुँदैनन्। संसारमा कयौँ कुराहरू घटिरहेका हुन्छन्। यदि तपाईं बाध्यात्मक रूपमा प्रतिक्रया जनाउनुहुन्छ भने, त्यसमै फस्नु अनि निराश बन्नु स्वाभाविक हो। यस्तो अवस्थामा जीवनका विभिन्न पक्षहरूसँग तपाईं जति बढी सामना गर्नुहुन्छ, तपाईं त्यति नै बढी दुःखी बन्नुहुनेछ।

    मानिसहरू विभिन्न तरिकाहरूले उदास मनस्थिति (depressed mood) मा रहने गर्छन्। उनीहरू जुन कुरालाई अमूल्य ठान्छन्, त्यसलाई तपाईंले खोसिदिनु भयो भने, उनीहरू उदास बन्छन्। थुप्रै मानिसहरूको सन्दर्भमा, विशेषगरी सम्पन्न समाजहरूमा, सबैभन्दा दुस्खद कुरा के हो भने उनीहरूसँग सबैथोक छ, यद्यपि उनीहरूसँग केही पनि छैन। डिप्रेशन अर्थात् कहीँकतै तपाईंभित्र निराशा भरिएको छ। तपाईं कुनै विकट र गरीब गाउँहरूमा गएर हेर्नुहोस् उनीहरू वास्तवमै विपन्न र दरिद्र अवस्थामा हुन्छन्। तैपनि, तपाईंले त्यहाँ प्रसन्न अनुहारहरू देख्न सक्नुहुन्छ, किनभने उनीहरूमा यो आशा छ कि भोलिको दिन अझ राम्रो हुनेछ। सम्पन्न समाजहरूमा भने त्यो आशा हराइसकेको छ। डिप्रेशन बढ्दै गएको छ, किनभने बाहिरी रूपमा जे–जति गर्न सकिन्थ्यो, सबैथोक भइसकेको छ।

    जब हामी आध्यात्मिक प्रक्रिया भन्छौँ, त्यसको अर्थ यही होस् जीवनमा वस्तुपरक वा भौतिक पक्षहरू मात्रै सुनिश्चित गर्ने नभई, तपाईं जो हो, त्यसको मूल रूपमा वा आत्मपरक पक्षलाई समेत सही अवस्थामा राख्ने।
    एउटा गरीब व्यक्तिले सोच्न सक्ला, भोलि, यदि मैले एक जोर नयाँ जुत्ता पाएँ भने, सबैथोक ठीक हुनेछ। यदि उसले एक जोर नयाँ जुत्ता पायो भने, ऊ राजाझैँ प्रफुल्ल मुहार लिएर हिँड्नेछ। किनभने उसमा आशा छ, उसको निम्ति बाहिरी आवश्यकताहरू अझै सुनिश्चित भइसकेका छैनन्। सम्पन्न समाजहरूमा, बाहिरी आवश्यकताहरू सुनिश्चित गरिएका छन्, तर भित्री स्थितिमा केही गरिएको छैन। त्यसैले त्यहाँ निराशा र उदासी छ। त्यहाँ खाना छ, त्यहाँ घर छ, त्यहाँ लगाउन लुगा छ— त्यहाँ सबैथोक छ, तैपनि त्यहाँ केही न केही समस्या छ। उनीहरूले त्यो समस्या के हो भनेर पहिचान गरेका छैनन्।

    जसैजसै हामी बाहिरी आवश्यकतामाथि काम गर्दै जान्छौँ, हामीले आफ्नो भित्री स्थितिलाई पनि सही अवस्थामा राख्नुपर्छ। त्यसबेला, संसार सुन्दर बन्नेछ। जब हामी आध्यात्मिक प्रक्रिया भन्छौँ, त्यसको अर्थ यही होस् जीवनमा वस्तुपरक वा भौतिक पक्षहरू मात्रै सुनिश्चित गर्ने नभई, तपाईं जो हो, त्यसको मूल रूपमा वा आत्मपरक पक्षलाई समेत सही अवस्थामा राख्ने।

    डिप्रेशनका कारण:

    1. दिमागी परिवर्तन:

    केही मानिस दिमागी परिवर्तनका कारण पनि डिप्रेशनमा पर्न सक्छन्। मस्तिष्कको क्रियामा प्रभाव परेमा डिप्रेशनमा पर्ने सम्भावना रहन्छ। मस्तिष्कमा न्युरोट्रान्मिटर, सेरोटोनिन, डोपामाइन अथवा नोरेपिनेफ्रिनले खुसी र आनन्दको भावनालाई प्रभावित गर्छन्। यी केमिकलको असन्तुलनले मानिस डिप्रेशनको शिकार बन्न सक्छन्। ट्रमा, हार्मोनमा असन्तुलन आदिले उक्त केमिकलको सन्तुलन बिगार्न सक्छ र मानिसलाई डिप्रेशनमा पुर्याउन सक्छ।

    2. हार्मोन परिवर्तन:

    हार्मोन उत्पादन तथा हार्मोनको सक्रियतामा परिवर्तन आएमा पनि मानिस डिप्रेशनको शिकार हुन सक्छ। हार्मोनमा पनि रजोनिवृत्ति, प्रसव, थाइराइ आदि सम्बन्धी समस्या आएमा मानिस डिप्रेशनको रोगी हुन सक्छ। बच्चा जन्माएपछि महिलामा देखिने शारीरिक, भावनात्मक तथा व्यावहारिक परिवर्तनका कारण आमामा डिप्रेशनको समस्या आउन सक्छ। यसलाई पोस्टपार्टम भनिन्छ। यद्यपि, सुत्केरी भइसकेपछि हार्मोनमा आएको परिवर्तनका कारण मानिस संवेदनशील हुनु सामान्य नै हो, तथापि, पोस्टपार्टम डिप्रेशनको एक गम्भीर कारण हुन सक्छ।

    3. मौसममा परिवर्तन:

    चिसो बढ्दै गएपछि र दिन छोटो हुँदै गएपछि मानिसले आफूलाई सुस्त, थाकेको महसूस गर्न थाल्छन् र काममा रुचि नहुन सक्छ। यो समस्या मौसमको प्रभावले आउने विकारका कारण यस्तो समस्या आउँछ। यो जाडोको मौसम हट्दै गएपछि यो समस्या पनि हट्दै जान्छ।

    4. जीवनमा ठूलो दुर्घटना हुनु:

    कुनै मानसिक आघात, जीवनमा ठूलो परिवर्तन हुनु अथवा जीवनमा गर्नुपर्ने ठूलाठूला संघर्षले पनि मानिसलाई डिप्रेशनको रोगी बनाउन सक्छ। आफ्नो प्रिय मानिससँग छुट्टिनु, कामबाट निकालिनु, ठूलो मात्रामा धनहानि हुनु आदि समस्याले मानिसमा डिप्रेशन उत्पन्न गर्न सक्छ। जीवनमा कुनै गम्भीर परिस्थितिबाट पार भएपछि पनि मानिस डिप्रेशनमा पर्न सक्छ। युद्धबाट फर्केको सैनिक, दुर्घटनामा परेको व्यक्ति, आफूले चाहेको व्यक्तिबाट छुटेको व्यक्ति डिप्रेशनमा पर्ने सम्भावना बढी रहन्छ।