सिया कप क्रिकेट: भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने - Chaitanya News
  • 2026-06-07
  • 00:26:00
  • शनिबार,जेठ २३, २०८३
  • सिया कप क्रिकेट: भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

    सिया कप क्रिकेट: भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

    काठमाडौं– एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ।

    भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ्ग गर्ने अवसर पाएको हो।

    श्रीलंकाको पाल्लेकिल्ले स्टेडियमा यसअघि भारत र पाकिस्तानले खेलेकै पीचमा नेपाल र भारतको खेल खेलाइँदै छ।

    भारतको प्लेइङ: ११ रोहित शर्मा, शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, इसान किसान, हार्दिक पाण्डेय, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदिप यादव, मोहम्मद सामी र मोहम्मद सिराज।

    नेपालको प्लेइङ: ११ कुशल भुर्तेल असिफ शेख, रोहित पौडेल, सोमपाल कामी, गुल्सन झा, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी र ललित राजवंशी।