एसिया कप हेर्न जनकपुरधाम उपमहानगरका सबै विद्यालयमा विदा - Chaitanya News
  • 2026-10-03
  • 14:27:41
  • शनिबार,आश्विन १७, २०८३
  • एसिया कप हेर्न जनकपुरधाम उपमहानगरका सबै विद्यालयमा विदा

    एसिया कप हेर्न जनकपुरधाम उपमहानगरका सबै विद्यालयमा विदा

    जनकपुरधाम– नेपाल र पाकिस्तानबीच आज श्रीलंकामा हुन लागेको एसिया कप विद्यार्थीलाई हेर्न जनकपुरधाम उपमहानगरले शैक्षिक संस्थालाई अकास्मिक विदाको सूचना जारी गरेको छ।

    आज दिउँसो ३ बजेबाट हुने खेल हेर्न दिउँसो २ बजेदेखि जनकपुरधामका सामुदायिक तथा संस्थागत विद्यालयलाई विदा दिन सूचना सूचना जारी गरेको हो।

    जनकपुरधाम उपमहानगरपालिकाका वरिष्ठ उपसचिव मेहीलाल यादवले आज दिउँसो १ बजे अकास्मिक सूचना जारी गरेका हुन्।