स्वास्थ्य सेवा विभाग महानिर्देशकको जिम्मेवारी डा. संगिता मिश्रालाइ - Chaitanya News
  • 2026-07-16
  • 19:47:10
  • बिहिबार,आषाढ ३२, २०८३
  • स्वास्थ्य सेवा विभाग महानिर्देशकको जिम्मेवारी डा. संगिता मिश्रालाइ

    स्वास्थ्य सेवा विभाग महानिर्देशकको जिम्मेवारी डा. संगिता मिश्रालाइ

    काठमाडौं– स्वास्थ्य सेवा विभाग महानिर्देशकको जिम्मेवारी डा. संगिता मिश्रालाइ दिएका छन्।

    स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा. मिश्रालाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्।

    डा. मिश्रा स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिवमा थिइन्। यसअघि विभागको महानिर्देशकमा डा.दिपेन्द्र रमण सिंह थिए। डा. सिंहलाई मन्त्रालय तानिएको छ

    यस्तै, कान्ति बाल अस्पतालको निर्देशकमा बाल रोग विशेषज्ञ डा। पंकज रायलाई जिम्मेवारी दिइएको छ। उनी ११ औं तहका चिकित्सक हुन्। यसअघिका निर्देशक डा। युवानिधि बसौलालाई कान्तिमै राखिएको छ।