काठमाडौं- संसारमा सबैकुरा सबैलाई समान रुपमा मिल्दैन। यो नियम नहोला तर प्रत्यक्ष रुपमा देखिएको भने यही नै हो। बाहिर बसेर हेर्नेलाई सजिलै नतिजा भन्न सजिलो छ। तर भित्रको कुरा कसले बुझ्ने ?
थोरै चलचित्र खेलेर दर्शकले छिटै मन पराएको नाम हो रवीन्द्र झा। झट्ट बुझ्दा उनले गरेको अभिनयले उनलाई जीवन्त दियो। चलचित्र हेर्नेले अब उनको अनुहार बिर्सन सक्दैनन्। नाममा त के छ र ? संसारमा कामले नाम दिने हो। यस अर्थमा नामभन्दा पनि काम दीर्घकालीन हो। उनको कामले उनलाई जीवन्त दिन्छ भन्नेकुरालाई बारबार व्याखया गर्नु आवश्यक छैन। एकपटक अभिनय हेरे पुग्छ।
धेरैले उनलाई उनले पाएको रोलले नै चर्चीत बनेका हुन् भन्ने बुझेका छन् तर यो भ्रम हो। कथाले मागेको र आफूले दिनुपर्ने सबै मिहेनत सक्छु भन्ने उनमा धेरै उदाहरण छ। जात्रा चलचित्रले उनलाई कहिल्यै नसोचेको उचाइ दियो। सबैमाझ उनको कामको र नामको चर्चा एकाएक चुलियो। तर त्योभन्दा अगाडि उनले गरेको संर्घषलाई ज्यादै कमले बुझेका छन्।
उनी सिधै चलचित्रमा आएका भने होइनन्। उनले विस २०५१ सालबाट गरेको नाटकको कथा पनि छ्ट्टै हृदयमा डेरा जमाएर बसेको छ। चलचित्र सबै ठाउँमा एकैपटक रिलिज हुने भएकाले उनलाई दर्शकले चिन्न समय लागेन। तर नाटकको उनले गरेको त्याग पनि त छ त्यो कसले हेर्ने ?
भगवान् आएर नाटक कि चलचित्र भन्दा उनी नाटक छान्नेछन्। उनलाई जे दियो नाटकले दिएको हो।
धनुषामा जन्मिएका रवीन्द्रको बाल्यकाल धनुषाकै घामसँग बित्यो। उनले त्यहीँबाट प्रवेशिका परीक्षा उतीर्ण गरे। बाँकी अध्ययन सपनाको सहरमा संर्घषको चकटीमा बसेर पूरा गरे। अहिले ती दिन सम्झँदा उनलाई समयसँग बहुत माया लागेर आउँछ।
मैले माथि पनि लेखेको छु। उनलाई समयले साथ दियो तर त्यति नै उनलाई संर्घषले पनि साथ दिएको छ। दिल्लीमा तीन वर्ष नाटक पढेका रवीन्द्रलाई नेपालमा नाटकको बजार यस्तो होला भन्ने कुरा सोचेकै थिएनन्। उनलाई चलचित्रले यो गति लिन्छ होला भन्ने कुराको हेक्का पनि थिएन। जे भयो कलाकार र निर्देशकको हातमा भयो।
स्कुल पढ्दा ताका नै उनी गीत र अभिनयमा रुची राख्ने गर्थे। उनी भन्छन् ‘मेरो परिवारको आर्थिक हैसियत केही मजबुद नै थियो। त्यसैले मलाई पैसाको अभाव भएन तर सुरुमा साथको अभाव भयो। परिवारले मन नदिए पनि उनले कलालाई तन मन सबै दिए। तर जब पछि परिवारले नै कलालाई छुट दिए तब उनीमा अर्को साहस थपियो।’
![]()
छ महिना सरकारी जागिरको अनुभव बोकेका रवीन्द्रलाई दुई नाउमा खुट्टा राखेर हिँड्न असजिलो भयो। उनले आफ्नो रुची छानेर जागिरलाई तिलाञ्जली दिए। उनी सम्झन्छन् यदि जागिर नै गरेको भए अहिले पेन्सन वर्ष गनिरहेको हुने थिएँ। दिमागमा नाटकको भूत सवार भएपछि नाटकबाट त्यस्तो धेरै कमाइ हुँदैन भन्ने सुन्दासुन्दै उनी तीन हजार बोकेर नाटक पढ्न दिल्ली हानिए।
तर उनले आफ्नो रुची छानेकोले उनलाई आफ्नो कामले नाम दियो। देश विदेश गर्ने मौका पाए। उनले नेपाल र भारतमा गरेर थुप्रै नाटक सो गरिसकेका छन्। उनी नाटकमा अभिनयमा मात्र होइन। नाटक लेखन पनि गर्छन्। उनले लेखेको नाटक धेरै ठाउँमा मञ्चन पनि भएको छ। त्यसैगरी यनी नाटक निर्देशनमा पनि पोख्त छन्। उनीले नाटक नै पढेका हुनाले उनलाई जे दियो नाटकले दियो उननले जे गरे नाटकमा नै गरे। चलचित्रले उनलाई नाम र दाम एकैपटक दियो। तर उनलाई नाटकले जीवन सिकाएको कुरा रवीन्द्र स्वीर्काछन्।
रवीन्द्रलाई लाग्छ – सफलता समयको वेग हो। कहिले चाँडै पुगिन्छ त कहिले ढिलो तर आत्तिनु हुन्न। मिहेनतलाई साक्षी राखेर हिँडियो भने एकदिन अवश्य त्यो सफलताको शिखरमा पुगिन्छ।
आफूले गरेको काम घरमा बुझिदिए भने काममा मन जान्छ यदि बुझिदिएनन् भने काममा तन मात्र जान्छ। यदि काममा तन र मन सँगै गएन भने काम बिग्रन्छ। यसैले पनि उनलाई काममा तन र मन सजिलै गएको छ किनकि उनकी श्रीमती पनि नाटककै व्यक्ति भएकाले उनलाई काम गर्न सजिलो छ।
![]()
नेपाली चलचित्र जगत पहिलेको तुलनामा अहिलेमात्र अलिक सुध्रन थालेको हो। पहिलेको चाहिँ किन बजार पाएन भन्ने कुरामा रवीन्द्र बजार नै नपाएको होइन भन्ने पक्षमा छन्। बजार नपाएको भए चल्ने नै थिएन। चल्या छ त नभए किन निमार्ण हुन्थे त्यत्रा चलचित्र ?
चलचित्रमा कलाकारको बारबार स्क्रिप्ट पढ्न आवशयक छ। निर्देशकको हात रहेपनि कलाकारले जीवन्त अभिनय दिन सकेनन् भने चलचित्र मर्छ। स्क्रिप्ट नै नराम्रो भन्ने हुँदैन किनकि स्क्रिप्ट त छान्ने हो त्यो छान्नेको हातमा भर पर्छ।
भगवान् आएर नाटक कि चलचित्र भन्दा उनी नाटक छान्नेछन्। उनलाई जे दियो नाटकले दिएको हो। उनी नाटकमै रमाउन खोज्छन् उनको एक विषेशता के छ भने उनी एकै समय दुई चलचित्रको सुटिङ गर्दैनन् लगातार एक चलचित्रको सुटिङ सकिएपछि मात्र अर्को चलचित्रमा साइन गर्छन। सायद उनको यही लगनले उनलाई नेपालीभाषी मात्र चिनाएको हो।