बिहीबार देखि लगातार वर्षाका कारण धनगढी जलमग्न - Chaitanya News
  • 2026-04-24
  • 13:39:13
  • शुक्रबार,बैशाख ११, २०८३
  • बिहीबार देखि लगातार वर्षाका कारण धनगढी जलमग्न

    बिहीबार देखि लगातार वर्षाका कारण धनगढी जलमग्न

    धनगढी– कैलालीमा बिहीबार देखि भारी वर्षा सुरु भएको छ। बिहीबार दिउँसो देखि भइरहेको वर्षाका कारण धनगढी र आसपासका क्षेत्र जलमग्न बनेका छन्।

    वर्षाका कारण प्रदेशको स्थाई राजधानी धनगढी बजार क्षेत्र जलमग्न बनेको छ। वर्षाका कारण दशैँको टिका थाप्न हिँडेका नागरिक समेत अलपत्र परेको छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार वर्षाका कारण हाल सम्म कुनै क्षतिको विवरण भने आएको छैन। ‘अहिले सम्म वर्षाका कारण क्षति भएको कुनै विवरण आएको छैन,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले भने, ‘अहिले सबै क्षेत्रको विवरण बुझ्न टोली परिचालन गरिएको छ।’

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देखि मनसुनी वायु सुदूरपश्चिम प्रवेश गरेको छ। जसका कारण बिहीबार देखि शनिबार सम्म नै अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ।

    बिहीबार राती देखि सुदूरपश्चिमका अधिकास स्थानमा मध्यम देखि भारी बर्षाको सम्भावना रहेको छ,’ मौसमविद सञ्जिव अधिकारीले भने, ‘शुक्रबार प्रदेशका धेरै स्थानमा बर्षा हुने र शनिबार अधिकांस स्थानमा बर्षा हुनका साथै केही स्थानमा भारी बर्षाको सम्भावना रहेको छ।’ सुदूरपश्चिममा आगामी सोमबार सम्म नै मौसम प्रतिकुल रहने अनुमान गरिएको उनले बताए।