अमलेखगञ्ज बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १४ पुग्यो - Chaitanya News
  • 2026-04-24
  • 13:40:18
  • शुक्रबार,बैशाख ११, २०८३
  • अमलेखगञ्ज बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १४ पुग्यो

    अमलेखगञ्ज बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १४ पुग्यो

    बारा– बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित अमलेखगञ्जमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ।

    बिहीवार विहान नारायणघाटबाट हेटौंडा हुँदै वीरगञ्जतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस अनियन्त्रित भई ३ नम्बर पुल नजिकै मोडको सडकबाट करीब सय मिटर तल खसेको थियो।

    दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि हेटौंडा ल्याइएकोमा १४ जनाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

    दुर्घटनामा घाइते भएर हेटौंडा अस्पताल ल्याइएका ५ महिला तथा ७ पुरुष गरी १२ जना तथा चुरेहिल अस्पतालमा १ जना र मकवानपुर सहकारी अस्पतालमा १ जना गरी १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ।

    बस दुर्घटनामा घाइते अधिकांशको अवस्था गम्भीर रहेको छ।