नेपाली राष्ट्रिय फुटबल टिममा थपिए २ मिडफिल्डर र १ फरवार्ड - Chaitanya News
  • 2026-06-06
  • 20:53:09
  • शनिबार,जेठ २३, २०८३
  • नेपाली राष्ट्रिय फुटबल टिममा थपिए २ मिडफिल्डर र १ फरवार्ड

    नेपाली राष्ट्रिय फुटबल टिममा थपिए २ मिडफिल्डर र १ फरवार्ड

    काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिममा २ मिडफिल्डर र १ फरवार्ड थपिएका छन। नेपाली राष्ट्रिय टिमका प्रशिक्षक भिन्सेन्जो अब्लबर्टो एनेसेलले आफ्नो प्रारम्भिक टोलीमा ३ सदस्य थप गरेका हुन्।

    उनले फ्रेण्ड्स क्लबका मिडफिल्डर सन्तोष खत्री र कुशल फुयाँल र जावलाखेल युथ क्बलका फरवार्ड हिसुब थपलियालाई राष्ट्रिय टोलीमा बोलाएका हुन्। योसँगै प्रारम्भिक टोली अहिले ३३ पुगेको छ।

    अहिले मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबका खेलाडीहरु भने अभ्यासमा व्यस्त रहेका छन्। मछिन्द्रले एएफसी कप र आर्मीले डुरान्ड कप खेल्दैछ। यी २ क्लबबाट राष्ट्रिय टिममा बोलाइएका खेलाडीहरु आफ्नो प्रतियोगिता सकिएपछि राष्ट्रिय टिममा सामेल हुनेछन्।

    राष्ट्रिय टोलीको बन्द प्रशिक्षण भदौ १ गतेबाट सुरु हुँदैछ। फिफा विश्वकप २०२६ छनोटअन्तर्गत नेपालले पहिलो चरणमा लाओससँग खेल्ने भएको छ। एसियाली फुटबल महासंघ (एएफसी) ले ड्र सार्वजनिक गरिसकेको छ।

    प्रारम्भिक नेपाली टोली
    गोलरक्षक किरण कुमार लिम्बू, अनिस देउला, दीप कार्की, अभिषेक बराल।
    डिफेन्डर बिमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमान्त थापा, एन्जल महर्जन, छिरिङ लामा, अन्जन राई।
    मिडफिल्डर एरिक बिष्ट, सुदिप गुरुङ, लकेन लिम्बू, आभाष लामिछाने, उत्सभ राई, विशाल तामाङ, विवेक पौडेल, कृतिश रन्त छुन्जु, सन्तोष कार्की, कुशल फुयाँल।
    फरवार्डस् आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्तीमगर, गिलेप्सी जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया।