टी–२० विश्वकप छनोट: नेपालमा कात्तिक १३ बाट - Chaitanya News
  • 2026-06-06
  • 19:00:29
  • शनिबार,जेठ २३, २०८३
  • टी–२० विश्वकप छनोट: नेपालमा कात्तिक १३ बाट

    टी–२० विश्वकप छनोट: नेपालमा कात्तिक १३ बाट

    काठमाडौँ– टी–२० विश्वकप छनोटको एसिया क्षेत्रका छनोटका खेलहरू नेपालमा आगामी कात्तिक १३ गतेबाट सुरु हुने भएको छ। प्रतियोगिता कार्तिक २३ गतेसम्म चल्नेछ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसीसी०ले नेपाललाई एसिया क्षेत्रको छनोट चरणका खेलहरू आयोजना गर्ने अधिकार पहिले नै दिइएको थियो । टी–२० विश्वकप सन् २०२४ को जुनमा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्ने छन्।

    नेपालमा हुने छनोटका खेलहरूबाट दुई टोलीले टी–२० विश्वकप खेल्ने आइसीसीले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।

    प्रतियोगितामा नेपालसहित ८ राष्ट्रको सहभागिता रहनेछ। अन्तिम छनोटमा नेपालसँगै युएई, ओमान, हङकङ, सिंगापुर र बहराइन पुगिसकेका छन्। बाँकी दुई राष्ट्र प्रारम्भिक छनोट पार गरेर सहभागिता गर्ने छन्।