लोक सेवा आयोग केन्द्रीय कार्यालय कमलपोखरीले नतिजा सार्वजनिक गरेको छ । आयोगले शाखा अधिकृत न्याय, न्याय, कानुन र सरकारी वकिलले समूहको नतिजा सार्वजनिक गरेको हो ।
सार्वजनिक नतिजाअनुसार माग पद संख्या ७० जनामा लिखित परीक्षामा १ सय ९ जना छनोट भएका छन् । परीक्षामा सम्मिलित संख्या ७ सय ६७ जना रहेका छन्।
छनौट भएका उम्मेदवारहरुले अन्तर्वार्ताको लागि पासपोर्ट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम योग्यता एकीन हुने सम्पूर्ण प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरु र दरखास्त फारामको प्रथम र द्वितीय पाना २र२ प्रति भरी यो सूचना प्रकाशन भएको मितिले सात दिन भित्र यस आयोगको दरखास्त व्यवस्थापन केन्द्र, अनामनगरमा उक्त प्रमाणपत्रहरुको प्रतिलिपि उम्मेदवार आफैले प्रमाणित गरी रुजु गराउनुपर्ने आयोगले जनाइएको छ ।
सूची :
