काठमाडौं- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ।
नगरपालिकाले आज सूचना प्रकाशित गर्दै सब–इन्जिनियरसहित ९ जनाका लागि दरखास्त आह्वान गरेको हो। सूचनामा सब–इन्जिनियर ६ जना र असिष्टेन्ट सब–इन्जिनियर ३ जना मागिएको छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी साउन १५ गतेसम्म आवेदन दिन सक्नेछन्। नगरपालिकाले करार अवधि हाललाई २०८१ असार मसान्तसम्म हुने पनि जनाएको छ।