ललिता निवास प्रकरण : आरोपीको निवेदनमा निर्णय सुनाउँदै सर्वोच्च - Chaitanya News
  • 2026-11-21
  • 10:22:03
  • शनिबार,मंसिर ०६, २०८३
  • ललिता निवास प्रकरण : आरोपीको निवेदनमा निर्णय सुनाउँदै सर्वोच्च

    ललिता निवास प्रकरण : आरोपीको निवेदनमा निर्णय सुनाउँदै सर्वोच्च

    काठमाडौँ- ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्न सरकारी दस्तखत तथा कागजात किर्ते गरेको प्रकरणका आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज सर्वोच्च अदालतले फैसला सुनाउने भएको छ ।

    बहालवाला सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीर कुमार शाह, भाटभटेनी डिपार्टमेण्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले दायर गरेको बन्दीको निवेदनसहित सोसँग सम्बन्धित ६ थान मुद्दाको आज फैसला सुनाइने भएको हो ।

    यस मुद्दामाथि सोमबारदेखि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ भइरहेको छ ।