अन्तिम खेलमा आज यूएई ‘ए’ सँग भिड्दै नेपाल - Chaitanya News
  • 2026-06-06
  • 19:00:47
  • शनिबार,जेठ २३, २०८३
  • अन्तिम खेलमा आज यूएई ‘ए’ सँग भिड्दै नेपाल

    अन्तिम खेलमा आज यूएई ‘ए’ सँग भिड्दै नेपाल

    काठमाडौं –  श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एशिया कपमा नेपालले आज (बुधबार) यूएईको टिम ‘ए’ सँग खेल्दै छ ।
    जारी प्रतियोगितामा नेपालको यो अन्तिम खेल हो । यसअघि दुई खेल हारेको नेपाल समूह चरणबाट भने बाहिरिएको छ ।

    बुधबारको खेल नेपाली समय अनुसार बिहान सवा १० बजे श्रीलंकाको पि.सारा ओभल कोलम्बोमा शुरु हुनेछ ।
    समूह ‘बी’ मा रहेका नेपाल र यूएई ‘ए’ दुवै टोली समूह चरणबाट बाहिरिसकेका छन् । नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेट र दोस्रो खेलमा भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको थियो ।

    यूएई पनि भारत ‘ए’ र पाकिस्तान ‘ए’ टोलीसँग पराजित भएको थियो । आठ टोली सहभागी प्रतियोगितामा समूह ‘ए’ बाट श्रीलंका र बंगलादेश तथा समूह ‘बी’ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् ।