नेपालले लियो पाकिस्तानको चौथो विकेट - Chaitanya News
  • 2026-10-03
  • 11:21:58
  • शनिबार,आश्विन १७, २०८३
  • नेपालले लियो पाकिस्तानको चौथो विकेट

    नेपालले लियो पाकिस्तानको चौथो विकेट

    काठमाडौँ– एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले पाकिस्तानको चौथो विकेट लिएको छ।

    पाकिस्तानको चौथो विकेट ललित राजवंशीले लिएका हुन्। ललितले मुहम्मद तैयब ताहिरलाई ५१ रनमा आउट गरे।

    नेपालले दिएको एक सय ८० रनको लक्ष्य पछ्याएको पाकिस्तान एक सय ४८ रन बनाएर खेल्दैछ।