दर्की रहेको साउनको झरी
एक्लै यो नर्कमा मु बसुँ कसरी
निदाउन खोज्दो निदै पर्दैन
यो छाउगोठ बस्न्या चलन मर्दैन
आमा तम्रा काख ठाँउ भयो
बा तम्री लड्याली छोरी मु
आज यै काली रात मुखी
तम्रा ओटाला ठाँउ नाइ
मुसलधार्या पानी लाग्याको लागेइ
कैबेला क्या हुन्या हो
बैरिको नजर लागला,
खोला रोडा बगाइ लिन्ना
एकली आमा तम्री लड्याली
कसरी बसली यै छाउगोठ
बा तम्री लड्याली
बा मु पनि त मान्छे हुँ
मेरो क्या परान आच्छी कि ?
तम्री गलि छ बा मु घर आउंछु
न सुत्या आज चार दिन भया
कसो तम्रो मन हो आमा
कसा तम्रा देविदेवता हुन
म भित्र आया अच्छ्ल हुन्या
मैले छोया बाग लाग्न्या
मैले गोरस खाया दुना गाई बिगड्न्या
यो कसो कलि हो
अब त परिवर्तन भयो भन्दा
अझ उसाइ छ्न हामी छोरि ब्वारिका दिन
हामी पन मान्छे हुँ
हाम्रो पन परान छ
बा तम्री लड्याली मु
आमा तम्री लड्याली मु