राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ गरेर अर्थमन्त्रालय पुगे अर्थमन्त्री महत - Chaitanya News
  • 2026-06-17
  • 09:38:49
  • बुधबार,आषाढ ०३, २०८३
  • राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ गरेर अर्थमन्त्रालय पुगे अर्थमन्त्री महत

    राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ गरेर अर्थमन्त्रालय पुगे अर्थमन्त्री महत

    काठमाडौं– मन्त्रिपरिषदबाट पारित बजेट अर्थमन्त्री डा. प्रकाश शरण महतले राष्ट्रपतिलाई ब्रिफिङ गरेका छन्।

    आज बसेको मन्त्रिपरिषद बैठक लगत्तै अर्थमन्त्री महत राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए। राष्ट्रपति पौडेललाई बजेट ब्रिफिङ गरेर उनी सिंहदरबारस्थित मन्त्रालय पुगेका छन्।

    अर्थमन्त्रालयबाट उनी अब केही बेरमै बानेश्वरस्थित संसद भवन जाँदैछन्।

    आज संसदमा बेलुकी ४ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।