काठमाडौं- नेपाल राष्ट्र बैंकले अर्थतन्त्र मन्दीतर्फ गएको स्वीकार गरेको छ। मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत केही क्षेत्रलाई राहत दिने घोषणा गरेको जनाउँदै राष्ट्र बैंकले अर्थतन्त्र मन्दीतर्फ गएको स्वीकारेको हो।
यससँगै राष्ट्र बैंकले पुनर्कर्जाको ढोका खुला गरेको छ। नोट छापेर क्षमताभन्दा बढी पुनर्कर्जा दिँदै आएको राष्ट्र बैंकले यसपालि केही सजगता अपनाएको छ।
मन्दीमा गएको क्षेत्रलाई चलायमान बनाउन उसले कोषमा भएको रकम बराबर मात्र पुनर्कर्जा दिने भएको हो।