काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको करिब साढे २० लाख कित्ता सेयर थपिएको छ।
नेप्सेमा ज्योति विकास बैंक, ग्लोबल आइएमई लघुवित्त र नेपाल ल्युब आयलको २० लाख ४० हजार ९९७.१८१२ कित्ता बोनस सेयर सूचिकृत भएको हो। ज्योति विकास बैंकको १२ लाख ८० हजार ३२५.९९ कित्ता, ग्लोबल आइएमई लघुवित्तको ६ लाख ६३ हजार १०७.१९१२ कित्ता र नेपाल ल्युब आयलको ९७ हजार ५६४ कित्ता शेयर रहेका छन्।
तीनै कम्पनीले आर्थिक वर्ष २०७८–७९ का लागि वितरण गरेको बोनस सेयर आज नेप्सेमा सूचिकृत भएको हो।
२०७८–७९ का लागि ज्योति विकास बैंकले तीन प्रतिशत, ग्लोबल आइएमई लघुवित्तले १२ प्रतिशत र नेपाल ल्युब आयलले २५ प्रतिशत बोनस सेयर वितरण गरेका थिए।