प्रि–बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्रीले आज जवाफ दिने - Chaitanya News
  • 2026-05-02
  • 07:26:17
  • शनिबार,बैशाख १९, २०८३
  • प्रि–बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्रीले आज जवाफ दिने

    प्रि–बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्रीले आज जवाफ   दिने

    काठमाडौँ –  संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ आज (बुधबार) अर्थमन्त्री डा. प्रकाशशरण महतले दिने भएका छन् ।

    आइतबार अर्थमन्त्रीले बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेपछि सोमबारबाट (प्रि–बजेट) माथि छलफल सुरु भएको थियो । तीन चलेको छलफलमा सांसद्हरूले उठाएका प्रश्नको जवाफ आज मन्त्री महतले दिन लागेका हुन् ।

    संसद् सचिवालयका अनुसार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । आज प्रि–बजेट छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिएपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ ।