वैशाख २४ मा संसदको बजेट अधिवेशन बोलाउन मन्त्रिपरिषद्को सिफारिस - Chaitanya News
  • 2026-06-17
  • 03:23:21
  • मंगलबार,आषाढ ०२, २०८३
  • वैशाख २४ मा संसदको बजेट अधिवेशन बोलाउन मन्त्रिपरिषद्को सिफारिस

    वैशाख २४ मा संसदको बजेट अधिवेशन बोलाउन मन्त्रिपरिषद्को सिफारिस

    काठमाडौँ – सरकारले वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ।

    बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २४ गते बजेट अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।

    अब सरकारको सिफारिस बमोजिम राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नेछन्।

    संसदको हिँउदे अधिवेशन वैशाख १५ गते अन्त्य भएको थियो।