सेयर बजार परिसूचक १३ अङ्कले - Chaitanya News
  • 2026-10-08
  • 00:23:41
  • बुधबार,आश्विन २१, २०८३
  • काठमाडौं– सेयर बजार परिसूचक १३ अङ्कले घटेको छ। बुधवार नेप्से परिसूचक १३ दशमलव ६८ अङ्कले घटेर १ हजार ८ सय ९२ अंकमा पुगेको छ।

    नेप्सेकाअनुसार बुधवार सेन्सेटिभ इन्डेक्ससमेत २.११ अंकले घटेर ३ सय ६१.५५ अङ्कमा झरेको छ।

    नेप्से घट्दा कारोबार रकमसमेत ८४ करोड ७० लाख २८ हजार रुपैयाँमा झरेको छ।

    मंगलवार १७ अङ्कले बढेको बजारमा ८८ करोड ५५ लाख ७८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।