सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि - Chaitanya News
  • 2026-05-02
  • 05:06:25
  • शुक्रबार,बैशाख १८, २०८३
  • सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि

    सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि

    काठमाडौं– सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ। साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १७.३६ अंकले वृद्धि हुँदा १९०५.६८ अंकमा बन्द भएको छ। मंगलबार म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा वृद्धि हुँदा कारोबार रकममा पनि वृद्धि भएको छ।

    बजारलाई लिड गर्ने बैंकिङ उपसूचक नै ०.९९ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक सर्वाधिक १.९२ प्रतिशत र उत्पादनमूलक उपसूचक १.८२ प्रतिशतले वृद्धि भएको छ। सोमबार ७५ करोडमा सीमिति भएको कारोबार रकम मंगलबार बढेर ८८ करोड ५६ लाख रुपैयाँ पुगेको हो।

    मंगलबार कारोबार भएकामध्ये शिवम् सिमेन्टको सर्वाधिक ७ करोड ९ लाखको कारोबार हुँदा कालिञ्चोक दर्शन लिमिटेडको ३ करोड १ लाख र नबिल बैंकको करिब २ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ।

    मंगलबार सेयर बजारमा कुल २१७ कम्पनीको सेयर कारोबार भएकोमा १६८ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ। त्यस्तै ४४ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ५ कम्पनीको भने स्थिर रहेको छ। मंगलबार कारोबार भएकामध्ये तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य सर्वाधिक ८ प्रतिशतले वृद्धि हुँदा खप्तड लघुवित्तको सेयरमूल्य ७.८५ प्रतिशत र सिद्धार्थ प्रिमियम इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ४.५१ प्रतिशतले वृद्धि भएको छ।

    यता पिपुल्स पावर कम्पनीको सेयरमूल्य सर्वाधिक ४.६७ प्रतिशतले गिरावट हुँदा धौलागिरि लघुवित्तको सेयरमूल्य ३.५० प्रतिशतले गिरावट भएको छ। यस्तै सनराइज ब्लुचिप फण्डको इकाइमूल्य सर्वाधिक १० प्रतिशतले गिरावट भएको छ।