काठमाडौं– नेपाल राष्ट्र बैंकले २८ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल्स जारी गर्ने भएको छ। बैंकिङ प्रणालीमा तरलता अभावलाई न्यूनिकरण गर्न राष्ट्र बैंकले २२ अर्ब ६० करोड रुपैयाँ बजारमा प्रवाह गर्न लागेको हो।
बैंकले २८ दिन, ९१, १८२ र ३६४ दिनको लागि ट्रेजरी बिल्स जारी गर्न लागेक हो। इच्छुक बैंक तथा वित्तीय संस्थाले अनलाइन माध्यमबाट बोलकबोल गर्न सक्नेछन्।
राष्ट्र बैंकले २८ दिनको लागि १० अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको छ। जुन २०८० साल जेठ ९ गते परिपक्क हुने छ। ९१ दिनको लागि ८ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो। यो ट्रेजरी २०८० साउन ९ गते परिपक्व हुनेछ। त्यस्तै, १८२ दिनको लागि ६ अर्बको जारी गर्न लागेको छ। जुन २०८० साल कार्तिक सात गते परिपक्क हुनेछ। ३६४ दिनको लागि ४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ। यो ट्रेजरी २०८१ वैशाख ११ गते परिपक्व हुनेछ।