काठमाडौं– सेयर बजार आज बुधवार बढेको छ। सेयर बजार परिसूचक नेप्से आज १५ दशमलव १४ अङ्कले बढेर एक हजार नौ सय २० दशमलव १३ विन्दुमा पुगेको छ।
आज म्युचुल फन्डबाहेक सबै समूहको सेयर सामान्य बढेको छ। दुई सय ७३ वटा कम्पनीका २५ लाख ७९ हजार कित्ता शेयर ८७ करोड २१ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भयो।
आज सबैभन्दा धेरै कालिञ्चोक दर्शन लिमिटेड, मोलुङखोला हाइड्रो र गुराँस लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ। समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै आदर्श लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ।