सहसचिवमा सिफारिस भएकाहरूका लागि थप अध्ययन गर्नुपर्ने समय आएको छ। पावर लगाएर राम्रो ठाउँमा सरुवा हुन सके पनि राम्रो काम गर्नका लागि अध्ययन र योजना चाहिन्छ। मुलुकमा अहिलेसम्म थुप्रै सहसचिव भए। तर, औलामा गन्न सकिने व्यक्तिलाई मात्र सम्झिन्छौं। राम्रो काम गर्दा मन्त्रीको नजरमा पनि परिरहेको हुन्छ। जुन व्यक्ति आए पनि राम्रै व्यक्तिलाई आफ्नो मन्त्रालयमा सचिव र सहसचिवमा लैजान खोजिरहेका हुन्छन्। राजनीतिक रुपमा कर्मचारीतन्त्र ध्वस्त भएको छ। राजनीतिक पहुँचका रुपमा सरुवा र बढुवा गराउन खोज्नु गलत हो। योग्यता र क्षेमताका आधारमा सरुवा–बढुवा गरिनुपर्छ। नत्र मानिसमा नैराश्यता पैदा हुन्छ।
सहसचिवले आफूलाई योग्य व्यक्तिका रुपमा सावित गर्नुपर्छ। यसो गर्दा जुनसुकै क्याविनेट फेरिँदा पनि परक पर्दैन। योग्य व्यक्ति कोर स्टापका रुपमा परिचित हुन्छ। एक पटक अमेरिकी एक जना राजनीतिज्ञले हामी चामल चीनबाट ल्याउँछौं। तर, चपस्टिकले खाँदैनौं नी। हामीले राजनीतिक व्यवस्था बेलायतबाट ल्यायौं। तर, राजा त ल्याएनौं नी। हामीले राम्रा काम सिक्दै आफू अनुकूल लागू गर्नुपर्छ। त्यसैले जहिले पनि सिक्ने कौतुहलता मानिसमा हुनुपर्छ। अरुले बनाएको बाटोमा हिँड्ने कुसल राजनीतिज्ञ होइन। उसले आफूले सफल बाटो कोर्छ। अरुले कोरेको बाटोमा हिँड्ने त फलोअर्शमात्र हो।
अहिले सहसचिवमा सिफारिस भएकाहरू नेतृत्वदायी भूमिकामा जानु भएको छ। तपाईंहरू अब कित विभागीय प्रमुखको रुपमा जानुहुन्छ, या सिडिओ भएर जानु हुन्छ, या महाशाखा प्रमुख भएर जानुहुने हो। ती भने उच्च पदस्थ कर्मचारीका म्यानेजमेन्टका पद हुन्। त्यसैले तपाईंहरू जति सिक्नसक्नुहुन्छ सिक्नुहोस् र नविन ढंगबाट काम गर्नुहोस्। त्यसो गर्दा कर्मचारीलाई कसैले माइनस गर्न सक्दैन। २०१५ सालमा विश्वेश्वर प्रसाद कोइराला प्रधानमन्त्री भइसकेपछि एक जना सचिवले जान्ने भएर जयनेपाल भन्नुभएको रहेछ। विपि कोइरालाले ती कर्मचारीलाई सोही समयमा कारबाही गरिदिनुभयो। नेपाल सरकारको कर्मचारी मेरो कार्यकर्ता नभएको र अभिस समयमा ओभर भएर जयनेपाल भनेकाले यसलाई कारबाही गर्नुपर्छ भनेर उहाँले भन्नुभएको थियो।
मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा डा. ईश्वर उपाध्याय मुख्य सचिव हुनुहुन्थ्यो। उहाँ भद्र व्यक्ति हुनुहुन्थ्यो। उहाँले एक दिन प्रधानमन्त्रीलाई भेटेर मेरो राजीनामा स्वीकृत गर्न भन्नु भयो। उहाँको कुराले मनमोहन अधिकारीलाई अचम्म लाग्यो। किन तपाईंले म प्रधानमन्त्रीका रुपमा आउनासाथ छोड्न खोज्नुभएको भनेर ईश्वर उपाध्यायलाई सोध्नु भयो। उहाँले उत्तरमा मैले पहिलेको क्याविनेटमा काम गरेकाले हजुरलाई अप्ठ्यारो नहोस् भनेर छोड्न खोजेको भन्नु भयो। त्यसपछि उहाँको विद्वतालाई मनमोहनले बुझ्नु भएको थियो। उहाँले पनि तपाईं नै चाहिन्छ भनेर छोड्न दिनुभएन। त्यही सरकारले पछि संसद सचिवालयको महासचिव बनायो उहाँलाई। कर्मचारी भनेको त्यस्तो विश्वास गर्न योग्य पात्र हुनुपर्छ। राजनीतिज्ञले पनि यसरी पनि मूल्यांकन गरिरहेका हुन्छन्।
तर, उनीहरूकोमा गएर हजुर म हुने पनि गर्छु नहुने पनि गर्छु भन्यो भने ए नहुने पनि गर्ने भन्दै नेताहरूले कमजोर मूल्यांकन गरिरहेका हुन्छन्। सचिवको आधा भन्दा बढी समय राजनीतिक नेतृत्वलाई सम्झाई बुझाई गर्न मै जान्छ। कामका लागि क्रेटिभ सोच राख्ने सहसचिवले हो। त्यहि समयमा सहसचिले आफ्नो क्षमता अभिवृद्धि गर्नुपर्छ। निजामति सेवालाई लोकप्रिय हुनबाट कसैले खस्किन दिनु हुँदैन। अहिले नेतारूले हामीले स्वर्ग बनाउन खोजेको कर्मचारीले विगारे भन्छन्। व्यापारिले कर्मचारीले मेलाई कुनै कामै गर्न दिएन भन्छन्। विद्वानहरूले पनि ज्ञान नै नभएको आरोप लगाउँछन्। अरु वर्ग पनि पृथ छैनन्। तर, हामीले जनतालाई राम्रोसँग सेवा दिएको छैनन् भन्ने धारणा सिर्जना गराउनु हुँदैन। जनता भन्दा ममाथि छु भनेर कर्मचारीले सोच्नु हुँदैन।
मानिसबाट गल्ति हुन्छ। पेन्सिलमा इरेजर राखेको हुन्छ। कहिलेकाहिँ हुने गल्तीलाई मेटेर सच्यानका लागि इरेजर राखएिको हो। कर्मचारीले भएको कमजोरीलाई सच्याउँदै जनप्रिय बनाउँदै लैजानुपर्छ। अहिले कर्मचारीले जनताको भावना बुझ्नुपर्छ। हामी तपाईंहरूको भावनाप्रति संवेदनशील छौं भनेर जनतालाई भन्नुपर्छ। नेताको कुरा जनता कहाँ र जनताको कुरा नेता कहाँ लगिने काम गर्नुपर्छ। हामीले ठूलो दृष्टिकोण राखेर काम गरिरहेका हुँदैनौं, एकले अर्कोलाई सूचना र जानकारी नै दिइरहेका हुँदैनौं। यी भनेका कर्मचारी तन्त्रका नकरात्मक कुरा हुन्। यी चिजलाई तोड्न सक्नुपर्छ। नयाँ र पूरानो पुस्ताबीच प्रविधिमा निकै ग्याप छ। यो ग्यापको पनि सम्योजन गर्न जान्नुपर्छ। पुरानो पुस्ताको धारणा घण्डि छ। नयाँ पुस्ता निकै भ्रष्ट छ। त्यसैले निकै समस्या छ। संघीय लोतान्त्रीक शासन व्यवस्था भन्दा माथि केही छैन। हामीले यति सुन्दर व्यवस्थासँग लय मिलाउन जानिरहेका छैनौं। अब पुरानै शैलीको प्रशासन चलाएर हुँदैन। नहुने काम नेताको दवावमा पनि गर्नु हुँदैन। हामीमा पनि नैतिकता छ। हामी सबैका लागि कानुन हो। त्यसैले कानुनको परिधिमा रहेर सबैले काम गर्नुपर्छ। रेस जित्नुछ भने पछि पछि कुद्नुपर्छ। सुरुमै कुद्दा थकाइलाग्छ। रेश जितिदैन। त्यसैले अडेर काम गर्नुपर्छ। मेरो मान्छे मन्त्रालयमा छ भनेर उताउलो बन्नु हुँदैन। अडेर काम गर्नुपर्छ।
(चैतन्यले एकेडेमीले सहसचिव सिफारिस भएकाहरूका लागि आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा मैनालीले राखेको धारणाको संपादित अंश)