घटेको ब्याजदर आजदेखि कार्यान्वयनमा - Chaitanya News
  • 2026-05-02
  • 00:26:04
  • शुक्रबार,बैशाख १८, २०८३
  • घटेको ब्याजदर आजदेखि कार्यान्वयनमा

    घटेको ब्याजदर आजदेखि कार्यान्वयनमा

    काठमाडौं- बैंक तथा वित्तीय संस्थाले आज (शुक्रबार)देखि नयाँ ब्याज दर लागु गरेका छन्।

    बुधबार बसेको बैंकर्स संघको बैठकले गरेको वैशाख महिनाका लागि एकल अंकमा झर्ने गरी निक्षेपको ब्याजदर घटाउने निर्णय शुक्रबारबाट कार्यान्वयनमा गएको हो।

    निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदर समेत केही प्रतिशत घट्ने भएको छ।

    बैंकहरुले बिहीबार सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत कायम भएको छ।

    यस्तै संस्थागत निक्षेपमा बैंकहरुले ७.९९ प्रतिशत ब्याजदर कायम गरेका छन्।

    शुक्रबारदेखि साधारण बचतमा न्यूनतम ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याजदर मात्र प्रदान गर्ने भएका छन्।