सेयर बजार सामान्य अंकले वृद्धि - Chaitanya News
  • 2026-05-02
  • 00:26:21
  • शुक्रबार,बैशाख १८, २०८३
  • सेयर बजार सामान्य अंकले वृद्धि

    सेयर बजार सामान्य अंकले वृद्धि

    काठमाडौं– साताको चौथो दिन वुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ भने कारोबार रकम भने घटेको छ।आजको दिन नेप्से ८.३९ अंकले बढेर १८७५.०७ बिन्दुमा कायम भएको छ।

    अघिल्लो दिन मंगलबार मात्रै ५.२० अंकले घटेको शेयर बजार आज २६ लाख २ हजार ९५६ कित्ता शेयर खरिद बिक्री हुँदा ८१ करोड ६० लाख ४६ हजार ७९० रुपैयाँ बराबरको कारोबार भएको छ।

    कारोबारका आधारमा आज सर्वाधिक नाफा कमाउनेमा कालिन्चोक दर्शन, सानिमा ग्रोथ फण्ड, लक्ष्मी लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्था रहेका छन्। त्यस्तै, सर्वाधिक गुमाउनेमा सिटीजन म्युअचल फण्ड १, न्यादी आइड्रोपावर र सिटीजन म्युअचल फण्ड २ रहेका छन्।