ऋण मिनाहाको माग गर्दै विराटनगरमा लघुवित्त पीडितको धर्ना - Chaitanya News
  • 2026-08-09
  • 13:02:52
  • आइतबार,साउन २४, २०८३
  • ऋण मिनाहाको माग गर्दै विराटनगरमा लघुवित्त पीडितको धर्ना

    ऋण मिनाहाको माग गर्दै विराटनगरमा लघुवित्त पीडितको धर्ना

    विराटनगर– लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋणका कारण पीडित भएकाहरुले विराटनगरमा धर्ना दिएका छन्। ऋण मिनाहाको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि धर्ना दिएका हुन्।

    जिल्लाभरिबाट भेला भएका लघुवित्त वित्तीय संस्थाबाट पीडित भएकाहरुले लघुवित्तको ऋण मिनाहा गर्न माग गरे। लघुवित्तका कारण घरबार उठ्ने अवस्था आएपछि जिल्लाभरबाट पीडित भेला भएर अनिश्चितकालीन धर्ना सुरु गरेको ईश्वर खवासले जानकारी दिए।

    जीवन निवार्हका लागि लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋणका कारण समस्यामा परेको उनले बताए।

    लघुवित्त वित्तीय संस्था विरुद्धको संघर्ष समितिले लघुवित्तले दिएको सामूहिक ऋण मिनाहा, गरिब किसानलाई बिना ब्याज ऋणको माग गरेका छन्।