सेयर बजार १८६६ अंकमा ओर्लियो - Chaitanya News
  • 2026-05-01
  • 23:02:11
  • शुक्रबार,बैशाख १८, २०८३
  • सेयर बजार १८६६ अंकमा ओर्लियो

    सेयर बजार १८६६ अंकमा ओर्लियो

    काठमाडौँ — मंगलबार सेयर बजारको परिसूचक नेप्से १८६६ अंकमा ओर्लिएको छ। दिउँसो ११.५१ बजे १८५६ अंकसम्म घटेको बजार अन्ततः बन्द हुँदा अघिल्लो दिनको तुलनामा ५.२ अंक घटेर १८६६ अंकमा कायम भएको हो। अघिल्लो दिन पनि १६ अंकले बजार घटेको थियो।

    कारोबार रकम भने १ अर्ब पनि पुगेन। ९१ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भयो। यसअघि सोमबार ९२ करोडको कारोबार भएको थियो। ८६ कम्पनीको मूल्य बढ्दा ११६ को घट्यो भने १५ को स्थिर रहृयो। बैंकिङ ५, जीवन बीमा ८०, निर्जीवन बीमा ११९ र अन्य उपसमूह सूचक ४ अंक घटे। विकास बैंक १०, फाइनान्स २, होटल तथा पर्यटन ३, जलविद्युत् ४, लघुवित्त ७, ब्यापार उपसमूह सूचक ३ अंक बढे।

    सबैभन्दा धेरै कालिन्चोक दर्शनको मूल्य १० प्रतिशत बढ्यो भने ग्लोबल आईएमई लघुवित्तको ७.७ प्रतिशत बढ्यो। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत घट्यो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, एनआईसी एसिया बैंक, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, हिमालयन बैंक र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे।